Breaking News

खैरहनीमा मेयरका उम्मेदवार डल्लाकोटीद्वारा उम्मेदवारी फिर्ता, एमालेका चौधरीलाई सहयोग गर्ने

Banner

चितवन, वैशाख २०-

चितवनको खैरहनी नगरपालिकामा स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका विकास डल्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।

आज एमाले चितवनका उपाध्यक्ष कमल पाठक र एमालेका केन्द्रीय सदस्य जेएन थपलियाको उपस्थितिमा उम्मेदवारी फिर्ता लिएका हुन् । उनले अब एमालेका मेयरका उम्मेदवार लालमणि चौधरीलाई सहयोग गर्ने बताएका छन् ।

युवा संघको केन्द्रीय सदस्यसमेत रहेका डल्लाकोटी पार्टीबाट मेयरका १३ जना आकांक्षी मध्येमा एक जना थिए । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै एमाले चितवनलाई संगठित सदस्यसमेत नरहने गरी सोमबार कारबाही गरेको थियो । डल्लाकोटीले निर्णय सच्याएसँगै पार्टीले कारबाही फिर्ता लिने एमाले चितवनका उपाध्यक्ष कमल पाठकले नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>