Breaking News

एमाले चितवनले सात बागी उम्मेदवारलाई गर्‍यो कारबाही, पार्टीको संगठित सदस्यसमेत नरहने

Banner

चितवन, वैशाख १९-

एमाले चितवनले जिल्लाका विभिन्न स्थानीय निकायमा बागी उम्मेदवारी दिने सात जनालाई कारबाही गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै संगठित सदस्यसमेत नरहने गरी सात जनालाई कारबाही गरिएको जनाएको हो ।

विज्ञप्तिमा नेकपा एमालेका विभिन्न कमिटीमा रहेका केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थले अभिप्रेरित भई केही स्थानमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदारी दर्ता गरेको देखिन आएकोले नेकपा एमालेको विधानको धारा ८० को उपधारा ६ र धारा ८१ को १ उपधाराअनुसार कारबाही गरिएको जनाइएको छ । राप्ती नगरपालिका–६ राप्ती नगरपालिकाको मेयर पदमा बागी उम्मेवार जीतबहादुर विक, राप्ती नगरपालिका वडा नं. ७ मा वडा अध्यक्षको बागी उम्मेदवार सुमिता डल्लाकोटी, राप्ती नगरपालिका वार्ड नं.७ मा वडा सदस्यको बागी उम्मेदवारी दिएका बोधप्रसाद रिजाल, खैरहनी नगरपालिका वडा नं.८ को वडा अध्यक्षको बागी उम्मेदवार टेकबहादुर थापा, खैरहनी नगरपालिकाको मेयरमा बागी उम्मेदवार भएको विकास डल्लाकोटी, रत्नननगर १३ रत्ननगर नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवार विरन्जना घिमिरे रहेको पार्टीले जनाएको छ । उनीहरुलाई पार्टीको संगठित सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको जनाएको छ । यस्तै राप्ती नगरपालिका वडा नं. ५ को अध्यक्षमा उम्मेदवार रामबहादुर सारु मगरलाई पनि पार्टीले कारवाही गरेको जनाएको छ । उनि एमाले परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार भएको जनाएका छन ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीले संकल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान आकांक्षा पूरा गर्न नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारहरु दृढसंकल्पित भएर यतिबेला स्थानीय तहका आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुटिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>