क्रिकेट

टि–२०ः जिम्बाबे ‘ए’संग नेपाल ६ विकेटले पराजित

Banner

काठमाडौँ, वैशाख १८–

टेस्ट राष्ट्र जिम्बाबे ‘ए’ संगको पहिलो टि–२० क्रिकेटमा नेपाल ६ विकेटले पराजित भएको छ । आइतबार किर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाबेले ७ बल बाँकी छदै पुरा गर्‍यो ।

उसका लागि तडिवानासे मरुमणिले ५६, कप्तान टोनी मुन्योंगाले २३ बलमा ५०, निर्दोष कैयाले ४७ रन बनाए । नेपालका लागि युवा अलराउण्डर बसिर अहमदले २, कप्तान सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपाल ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । उसका लागि आदिल आलमले ४७, कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

जिम्बाबेका लागि ब्राड इभान्स, लुक जोंगवे, ब्रान्डन मावुता र जोन मसाराले समान एक/एक विकेट लिए । जारी तीन टि–२० सिरिजमा जिम्बाबेले १–० को अग्रता बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>