Breaking News

कांग्रेस केन्द्रीय कार्यालयले भन्योः चितवनमा गठबन्धनको निर्णय कांग्रेसको अन्तिम निर्णय हो (पत्रसहित)

Banner

चितवन, वैशाख १७-

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले चितवन कांग्रेसलाई पत्र लेख्दै गठबन्धनको निर्णय नै अन्तिम हुने बताएको छ ।

आज पठाएको पत्रमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्मको उम्मेदवारी बारे पाँच दलीय गठबन्धन केन्द्र र जिल्ला संयन्त्रको निर्णय नै अन्तिम हुने निर्देशन दिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको पत्रमा गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएको भोलिपल्ट नै केन्द्रीय कार्यालयले चितवन कांग्रेसलाई यो निर्देशन जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>