चितवन विशेष

भरतपुरमा मातातीर्थ औँशीमा ९७ वर्षीय वृद्धाको आर्शिवाद लिँदै सुवेदीको घरदैलो

Banner

चितवन, वैशाख १७-

नेकपा एमालेबाट भरतपुर महानगरका मेयरका उम्मेदवार विजय सुवेदीले आज परेको मातातीर्थ औशीमा वृद्ध आमाहरुसँग आर्शिवाद लिएका छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को लामा टोलमा रहेकी जेष्ठ महिला ९७ वर्षीय लालमति लामासँग मातातीर्थ औशीको अवसरमा आशिर्वाद लिन सुवेदी पुगेका हुन् ।
आमालाई खादा लगाएर फलफूल दिँदै सुवेदीले हाम्रो परिचय भन्नु नै कला र संस्कृति रहेको बताए । ज्येष्ठ नागरिकप्रति सम्मान र आधार भाव एमालेले सधै गरेको बताउदै उनले सानालाई माया र ठूलालाई सम्मान गर्न यो र यस्ता चाडपर्व महत्वपूर्ण हुने बताए । सो अवसरमा सुवेदीले आमा लालमति लामाको दीर्घ जीवनको कामना गर्दै सम्पूर्ण ज्येष्ठ नागरिकप्रति आफ्नो पार्टी जिम्मेवार रहेको बताए ।

सो अवसरमा उनले उपमेयरका उम्मेदवार हिमला गुरुङलाई सम्झे । आमा समान बौंद्धिक व्यक्तित्व हिमलाले महिलाहरुको न्याय र मुक्तिको लागि अहिलेसम्म अविवाहित भएर लागिरहेको भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकहरुको सम्मानका लागि पनि हिमलालाई जिताउनु पर्ने बताए ।

सो अवसरमा सुवेदीले लामा टोलमा रहेका अन्य ज्येष्ठ नागरिकलाई पनि भेटेका थिए । भेटमा ज्येष्ठ नागरिकहरुले बसी बसी खान दिने पाटीलाई एक भोट पक्का भन्दै सुवेदीलाई आर्शिवाद दिएका थिए ।

९७ वर्षीय लालमति लामाले आर्शिवाद दिँदै भनिन्, ‘अहिले जसरी हाँसेर आएका छौ । चुनाव जितेर यसै गरी हाँस्दै आउनु । मेरो आर्शीवाद छ छोरा ।’ आज परेको माता तीर्थ औशीको दिन बिहानैबाट परेको मुसलधारे वर्षालाई पनि प्रवाह नगरीकन सुवेदी लालमति लामाको घरमा पुगेका थिए । लामाले हालसालै नेपाली कांग्रेस छाडेर एमाले रोजेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>