चितवन विशेष

भरतपुरको विशालचोकमा दूधको ट्यांकरले ठक्करदिँदा साइकल यात्रीको मृत्यु

Banner

चितवन, वैशाख १५-

भरतपुरको विशालचोक पदमपुर सडकमा दूधको ट्यांकरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

भोजाडबाट विशालचोक तर्फ आउँदै गरेको बा २ क ४५७५ नं.को दूध ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । ट्यांकरको ठक्करबाट घाइते भएका बारा गढीमाई नगरपालिका–५ बस्ने वर्ष २० को प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका जैसवालको उपचारको लागि भरतपुर अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यस्तै अहिले ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>