चितवन विशेष

भरतपुरमा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी कार्यालय स्थापना

Banner

चितवन, वैशाख १५–

स्थानीय तहको निर्वाचन अन्तरगत भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी कार्यालय स्थापना गरिएको छ । आज (बिहीबार) भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि संयुक्त चुनावी कार्यालय स्थापना गरिएको हो ।

गठबन्धनबाट मेयरका उम्मेद्वार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरका उम्मेद्वार नेपाल कांग्रेसका नगरसभापति चित्रसेन अधिकारीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन पश्चात गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण समेत कार्यालयको अवलोकन गर्न पुगेका थिए ।

कार्यालय स्थापनासंगै गठबन्धनका उम्मेद्वारहरु संयुक्त प्रचार अभियान सुरु गरेका छन् ।

मेयरकी उम्मेद्वार रेनु दाहालले कार्यालय स्थापनासंगै प्रचार अभियानलाई तिव्रता दिएको बताइन् । उनले निर्वाचन सम्बन्धित सबै कामहरु यही कार्यालयबाट हुने जानकारी दिँदै गठबन्धनको पक्षमा माहोल बनाउन सबै नेता तथा कार्यकर्ताहरुमा आग्रह गरिन् ।

यस्तै उपमेयरका उम्मेद्वार चित्रसेन अधिकारीले अहिले गठबन्धनले के गर्दै कसरी अघि बढ्दै छ भन्ने छलफल गर्ने बेला नभएको भन्दै सबैले आफू उम्मेद्वार सम्झिएर गठबन्धनको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले कोही माओवादीको उम्मेद्वार कोही कांग्रेसको उम्मेद्वार नभएर सबै गठबन्धनको र साझा उम्मेद्वार भएकाले सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कृष्णराज न्यौपाने, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल, कांग्रेस भरतपुर महानगरसमितिका उपसभापति बुद्धिकान्त न्यौपाने, सचिव कृष्ण बगालेलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>