कालिका

कालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेको घरदैलो

Banner

चितवन, वैशाख १४-

नेकपा एमालेबाट कालिका नगरपालिकामा प्रस्तावित प्रमुख र उपप्रमुखका उम्मेदवारले नगरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

कालिका नगरपालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् ।

कालिका नगरपालिकामा एमालेका प्रमुखका उम्मेदवार विनोद रेग्मी र उपप्रमुखको उम्मेदवार बिमला लामाको टोलीले सो क्षेत्रमा स्थानीय नागरिकसँग भेटघाट गरेका छन् ।
शक्तिखोरको गैरीबारी र सिद्धिके सैपाम क्षेत्रमा भएको कार्यक्रममा स्थानीय उम्मेदवारसहित घरदैलो कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । नगरप्रमुखका उम्मेदवार विनोद रेग्मीले स्थानीय आवश्यकता अनुसार स्थानीयको भावना अनुरुप आफूले काम गर्ने बताए । जनताको सेवकको रुपमा आफूले काम गर्ने बताउँदै हरेक क्षेत्रको समस्या समाधान गर्नका लागि सहयोग गर्ने बताए । घरदैलो कार्यक्रममा स्थानीयहरुको सुझाव समेत संकलन गरिएको नेकपा एमाले कालिका नगर कमिटीका अध्यक्ष केशब लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>