Breaking News
भरतपुरमा गृहमन्त्री खाणले भनेः म उहाँहरुलाई सम्झाउँछु, केन्द्रको निर्णय मान्नुहुन्छ
०

चितवन, वैशाख १४-
चितवनको भरतपुरमा नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएकालाई मिलाउन मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर आएका गृहमन्त्री बालकृष्ण खाण भरतपुर आइपुगेका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए । ‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन। तर मन ल्याएर आएको छ । म उहाँहरूलाई सम्झाउँछु,’ खाणले भने,‘उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ।’
सत्ता गठबन्धनबाट भरतपुरको मेयर पद माओवादीलाई परेसँगै चितवन कांग्रेसमा असन्तुष्टि बढेको थियो । नेपाली कांग्रेसबाट बागी मेयरको उम्मेदवारको रुपमा पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























