Breaking News

ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु: गगन थापा

Banner

काठमाडौँ, वैशाख १४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् ।

ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’

मंगलबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए ।
बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।

‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन’ उनले भने ।

महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क (लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए । ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन ।’

ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो’ उनले भने ।

थापाले अघि भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>