देश/प्रदेश

गुरुङ चलचित्रकी नायिका कल्पना एमालेबाट कास्कीको मादी गाउँपालिका उपप्रमुखमा उम्मेदवार

Banner

चितवन, वैशाख १३-

गुरुङ चलचित्रकी लोकप्रिय नायिका कल्पना गुरुङ एमालेबाट कास्कीको मादी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी छन् ।

जि फिल्मस प्रालिबाट निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘प्ह्रोंछे’ बाट कलाकारिता यात्रा शुभारम्भ गरेकी गुरुङले अभियान फिल्मस प्रालिले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘ङ्योए नाँसा ट्हो’ र ‘चोँ’ मा पनि मुख्य नायिकाको भूमिका निर्वाह गरी सकेकी छन् । नायिका कल्पना गुरुङ गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको सातौं अधिवेशन २०७८ बाट सम्मानित भएकी थिइन् । २०७९ वैशाख ३० गते हुने आसन्न निर्वाचनमा गण्डकी प्रदेश कास्की जिल्ला मादी गाउँपालिकाको उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट उनको उम्मेदवारी मनोनयन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>