Breaking News
एमालेले पालिकामा खाता खोल्यो,डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध
०

सुर्खेत,बैशाख १२-
डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् ।
गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























