Breaking News
राप्रपाबाट भरतपुर महानगरको उपमेयरमा हिमला गुरुङको मनोनयन दर्ता

चितवन, वैशाख १२-
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा शारदानगरकी हिमला गुरुङले मनोनयन दर्ता गरेकी छन् ।
राप्रपा नेता तथा कार्यकर्ताको ¥यालीसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।
भरतपुर महानगरपालिका–१९ शारदानगरकी गुरुङ राप्रपाको जिल्ला महिला उपाध्यक्षको रुपमा कार्यरत छन् । एमालेसँगको चुनावी तालमेलका आधारमा भरतपुरको उपमेयरमा गुरुङ, माडीको उपमेयरमा मदनप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले ६ पालिकामा ६४ वडामा उम्मेदवारी दर्ता गराएको छ । भरतपुरको १५ र २६ मा एमालेसँगको तालमेलका आधारमा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । यस्तै ४, ११, १६, २४ मा मित्रवत प्रतिस्पर्धा गर्ने गरी वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी रत्ननगरमा मेयरमा हरिशरण भट्टराई, उपमेयरमा विमला थापा महतो, कालिकाको मेयरमा सोमबहादुर खड्का, उपमेयरमा बुद्धिलक्ष्मी स्याङतान, खैरहनीमा मेयरमा सागर पाण्डे, उपमेयरमा यमुना खड्का डल्लकोटी, राप्ती मेयरमा मनोज अधिकारी, उपमेयरमा मिरा बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
माडीमा ५ वडा, रत्ननगरमा १६, कालिकामा ११, खैरहनीमा १३, राप्तीमा १३ वडामै वडाध्यक्षसहित सदस्य पदहरुमा उम्मेदवारी दर्ता गराइएको जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए ।
























