Breaking News

माडी नगरपालिकामा एमालेबाट मेयरमा महतो र उपमेयरमा आचार्यको उम्मेदवारी दर्ता

Banner

चितवन, वैशाख १२-

माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।

त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादीका ऋषिराम काफ्ले र उपमेयरमा कांग्रेसबाट खेम महतोले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट मेयरको उम्मेदवार महतो माडी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् भने कांग्रेसका महतो गत स्थानीय निर्वाचनमा मेयरबाट ४७ भोटले पराजित उम्मेदवार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>