चितवन विशेष

भरतपुरमा जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो, मेयर र उमेयरमा छुट्टै उम्मेदवारी दर्ता

Banner

चितवन, वैशाख १२-

राष्ट्रिय जनमोर्चाले भरतपुर महानगरपालिकामा छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धबाट बाहिरिएको जनमोर्चाले भरतपुर महानगरको प्रमुख र उपप्रमुखसहित विभिन्न वडामा उम्मेदवारी दर्ता गराएको हो ।

राजमोको तर्फबाट भरतपुरको प्रमुख पदमा भक्तिराम गौतम र उप–प्रमुखमा देवि शर्माले उम्मेदवारी दिएका छन् । गौतम अघिल्लो निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको प्रमुखमा उठेका थिए ।

राजमोले भरतपुरका ४, ९, २३ नम्बर वडामा समेत उम्मेदवारी दिएको छ । भरतपुर वडा नम्बर २३ मा कालिकादास सुवेदीले जनमोर्चाको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै गुणनिधि शर्मा, लोकनाथ सुवेदी र पुर्णकुमारी चालिसेले सदस्यमा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्मर पुरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>