अन्तर्राष्ट्रिय

विश्वकै जेष्ठ नागरिक विश्वकै काने ताकानाको ११९ बर्षको उमेरमा निधन

Banner

टोकियो,, १२ बैशाख-
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।

उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गर्नु भएको थियो ।जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदाउहाँले बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसावका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्नुहुन्थ्यो ।उहाँ बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाउनु भएको थियो ।

उहाँले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उहाँले चार सन्तान जन्माउनु भएको थियो ।खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गर्नु भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उहाँलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उहाँको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताउनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>