अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने

Banner

१२ बैशाख-

अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नु भएको छ । रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि किभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको थियो ।

अहिले भने युक्रेनलाई थप सहयोगको आवश्यकता परेको र त्यसका लागि दूतावासमार्फत गर्नु पर्ने भएकाले दूतावास खोल्न लागिएको अमेरिकी अधिकारीहरुको भनाई छ ।अमेरिकाले युक्रेनलाई विभिन्न आधुनिक हतियार र नगद समेत सहयोग दिने घोषणा गरिसकेको छ । केही सहयोग भने यसअघि देखि नै दिदै आएको थियो ।

दुई महिना हुँदा पनि रुसले आक्रमण नरोकेपछि अमेरिकाले थप सहयोग गर्ने निश्कर्ष निकाल्दै दूतावास फेरि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । रुसले युक्रेनमा गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । आक्रमणका कारण सयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन् । त्यसैगरी हजारौँ विस्थापित भएका छन् ।

दुई पक्षीय भिडन्तका कारण युक्रेनलाई ठूलो भौतिक तथा आर्थिक क्षति पनि भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वकै आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>