चितवन विशेष
भरतपुरमा एसईई सकेका विद्यार्थीहरुलाई २१ गतेबाट ब्रिजकोर्स सञ्चालन गरिने

चितवन, वैशाख ११
भरतपुरको सेन्ट जेभियर्स इन्सिच्युटले वैशाख २१ गतेबाट एसईई सकेका विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स सञ्चालन गर्ने भएको छ ।
संस्थाका ब्रिज कोर्स कोअर्डिनेटर सन्तोष अधिकारीका अनुसार विज्ञान, एचए, फार्मेसी, स्टाफ नर्सलगायत सीटीईभीटीको विभिन्न विषयको तयारीका लागि सो कोर्स सञ्चालन गर्न लागिएको हो । करिब तीन महिनासम्म सञ्चालन हुने कक्षाले विद्यार्थीलाई उच्च शिक्षा र जीवनउपयोगी शिक्षातर्फ जोड्ने इन्सिच्युटको विश्वास रहेको छ । विसं २०६७ देखि विभिन्न कोर्सहरु सञ्चालन गरिरहेको संस्थामा अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको इन्सिच्युटको दाबी छ ।
तयारी कक्षाको साथमा विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रम, प्रयोगात्मक कक्षा र सेमिनारहरु आयोजना गर्दै आइरहेको छ । चितवन मेडिकल कलेजको पछाडि रहेको इन्सिच्युटले गरिब, जेहन्दार र सरकारी विद्यालयका विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्थासमेत गरेको जनाइएको छ ।

























