चितवन विशेष
लियो क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा आचार्य चयन

चितवन, वैशाख ११-
लियो क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा लियो विमोचन आचार्य चयन भएका छन् ।
आज सम्पन्न १४ औँ साधारणसभा तथा शाखा अधिवेशनबाट लायन वर्ष २०२२–२३ को लागि आचार्र्यलाई अध्यक्षमा चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा बिनोद भण्डारी, द्वितीय उपाध्यक्षमा आशिस लामिछाने, सचिवमा सुमन श्रेष्ठ चयन भएका छन् । भने कोषाध्यक्षमा राजु भण्डारी, सह–सचिवमा रुविशा अधिकारी, सहकोषाध्यक्षमा बालकृष्ण भण्डारी, जनसम्पर्क अधिकृतमा दीक्षा शर्मा आज चयन भएका हुन् ।
यस्तै टेल ट्विस्टरमा अशिम कँडेल, निर्देशकमा अमृत लामिछाने र धर्मनाथ यादव, मनोनयन अधिकृतमा रमेश कँडेल, निर्वाचन अधिकृतमा लियो सन्दिप पाठक तथा सभापतिमा लायन वर्ष २०२१\२२ अध्यक्ष सन्तोष सुवेदी चयन भएका हुन् ।
यस्तै क्लबको १४ औँ साधारणसभा तथा शाखा अधिवेशनमा प्रमुख अतिथि लायन्स क्लब अफ नारायणगढ चितवन लायन वर्ष २०२१\२२ का अध्यक्ष केशवप्रसाद लामिछाने, लायन्स क्लब अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष प्रबिन कुमार श्रेष्ठ रहेका थिए । भने लियो जिल्ला परिषद् ३२५ आर, नेपालको ( लायन वर्ष २०२२\२३) को जिल्ला अध्यक्षमा निर्वाचित भएको लियो क्लब अफ नारायणगढ चित्रवनका पूर्वअध्यक्ष पुरुषोत्तम सुवेदी, क्लव पूर्वअध्यक्ष प्रवेश गौतम, बिकास पाण्डे, सन्दिप पाठक, प्रवेशबाबु खनाल, रमेश कँडेलको समेत उपस्थित थियो ।

























