Breaking News

चितवनमा राष्ट्रपतिद्वारा नेपाल फर्मा एक्स्पोको उद्घाटन, स्वदेशी उद्योग प्रवर्द्धनमा जोड

Banner

चितवन,बैशाख ९-

औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारदेखि चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ एपोनको आयोजनामा चितवनमा सुरु भएको फर्मा एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको बताइन्। धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने उनको भनाइ थियो। औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ। बढ्दो प्रदूषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुर्‍याउने उनको भनाइ थियो। उनले औषधि उद्योगको क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताए।

राष्ट्रपतिले औषधिको आयातलाई रोकी अब निर्यातसमेत हुनुपर्ने उनको भनाइ थियो। यस्तै, कार्यक्रममा एपोनका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सयभन्दा बढी औषधि उद्योगहरू सञ्‍चालित रहेका बताए। स्वागतका क्रममा उनले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताए।

उनले कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको उनको भनाइ थियो। एपोनका पूर्व(अध्यक्ष दीपकप्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको बताए। २०२७ मा रेबिजको भ्याक्सिन बनाउन थालिएको र ३६ सालमा औषधि बनाउन सुरु भएको समेत उनले प्रष्ट पारे। ७२ उद्योगले औषधि उत्पादन गर्छन्। बाँकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा रहेको पनि उनले बताए।

भारतले धेरै सस्तोमा औषधि बनाउँछ। सरकारी स्तरमा औषधि अनुसन्धान गर्ने गरेका छन्। २२ खर्बको निर्यात गर्छन् भारतमा। औषधि उधोगमा सरकारले धेरै सहयोग गरेको छ। बंगलादेशमा पनि औषधिको क्षेत्रमा ठूलो उपलब्धि गरेको छ। बंगलादेशले १२० देशमा निर्यात गरिरहेको छ औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन। नेपालमा प्रतिस्पर्धा धेरै रहेको छ। ८० प्रतिशत आत्मनिर्भर हुन सकिन्छ। भारतले ८ प्रतिशत उत्पादन बढायो भने नेपाललाई निशुल्क दिन सक्छ। यो हाम्रो लागि गम्भीर बिषय हो, उनले भने।

अहिले नेपाली उद्योगका सेनिटाइजर नबिक्ने अवस्था रहेको तर भारतबाट आएको मात्र बिक्री वितरण भइरहेको पनि उनले सुनाए। सरकारले सहुलियत दिए तीन वर्षमा औषधिमा आत्मनिर्भर हुन सकिने उनले बताए।

कोरोना कालमा भारतले औषधि निर्यातमा निषेध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताए। नेपाली औषधि पनि अन्तर्राष्ट्रिय स्तरको रहेको बताए नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताए। कार्कीले औषधि व्‍यवस्थापन विभागले औषधि क्षेत्रमा सहजताका लागि काम गर्नुपर्ने बताए।

नेपाल उधोग बाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्‍यवसाय क्षेत्रमा ठूलो घाटा व्‍यहोरेको बताए। औषधि उद्योगमा पनि प्रगति हुँदै गएको उनले भनाइ छ। कोरोनाले उत्पादनमा बढाउनुपर्छ भन्ने कुरा सिकाएको छ। ५० अर्बको हिस्सा रहेको छ। औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ।

औषधि ऐन २०३५ संसोधन गर्नुपर्ने उनको भनाइ छ। प्रदर्शनीलाई खरिद बिक्रीको लागि मात्र नभै नीति निर्माणमा पनि फलदायी हुने बताए। उनले उदयोगी नितिनियम सरकारले बनाउनुपर्ने बताए। फर्मा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए।

संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताए। एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरूले भ्रमण गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>