Breaking News

चितवनबाट अष्ट्रेलिया पढ्न गएका धिरज अष्ट्रेलियामा मृत भेटिए

Banner

चितवन, वैशाख ८-

अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत चितवनका एक युवा आफ्नै कोठामा मृत फेला परेका छन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाए अनुसार मृत्यु हुनेमा चितवन स्थायी ठेगना भएका २४ वर्षीय धिरज रानाभाट रहेका छन् । उनी नेपाली समयअनुसार मंगलबार मृत भेटिएका हुन् । चितवनबाट उनी चार वर्ष अघिमात्र व्याचलर इन आईटी पढ्न सिड्नी गएका थिए । पछिल्लो समय भिसा र आर्थिक समस्याले धिरज निकै तनावमा रहेको उनका साथीहरुले बताएका छन् ।

पछिल्लो तीन चार महिनाको तथ्यांक हेर्ने हो भने सिड्नीमा दुई जना र पर्थमा एक जना नेपाली युवाको मृत्यु भएको गैरआवासिय नेपाली संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>