चितवन विशेष
ज्येष्ठ नागरिक संघ चितवनको नेतृत्वमा पूनः तिमिल्सिना
०

चितवन, वैशाख ८–
ज्येष्ठ नागरिक संघ चितवनको कार्यसमितिमा फेरि पुरानै नेतृत्व स्थापित भएको छ ।
संघको दोस्रो अधिवेशनमा पूनः केदारनाथ तिमिल्सिना अध्यक्षमा चयन भएका हुन् ।
आज भएको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनमा तिमिल्सिनाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा पूनः माधवशर्मा घिमिरे, सचिवमा पूनः भोजराज न्यौपाने, कोषाध्यक्षमा विष्णुप्रसाद रेग्मी, सहसचिवमा पद्मा श्रेष्ठ देवाजु रहेका छन् । यस्तै सदस्यहरुमा गंगादेवी कोइराला तिवारी, देवी कुमारी सापकोटा, तुलसीप्रसाद गुरुङ, खेमराज पोखरेल, अरुणकान्त पोखरेल, टिकाराम दाहाल, महाप्रसाद सिल्वाल, खेमराज केशी र रामचन्द्र वास्तोला रहेको निर्वाचन समितीका संयोजक राजेन्द्र सिलवालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























