Breaking News
चितवनमा भोलिबाट ‘नेपाल फर्मा एक्स्पो २०२२’ हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

चितवन, वैशाख ८-
चितवनमा भोलिदेखि ‘नेपाल फर्मा एक्स्पो २०२२’ सुरु हुने भएको छ ।
आज नेपाल औषधि उत्पादक संघले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा एक्स्पोबारे जानकारी गराइएको हो ।
नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ चितवनको एक्स्पो सेन्टर भरतपुरमा प्रदर्शनी सुरु हुन लागेको संघले जनाएको छ ।
औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनरी, कच्चापदार्थ, प्याकेजिङ सामग्रीलगायतमा भएको विकासहरुबारे ‘नेपाल फर्मा एक्स्पोले’प्रत्येक दुई वर्षमा प्रदर्शनी गर्दै आएको छ । तर, पछिल्लो समय २०२१ लाग्ने नेपाल फर्मा एक्स्पो कोरोना माहामारीका कारण रोकिएको थियो ।
त्यस्तै यस वर्ष वैशाख ९ गतेदेखि ११ गते सम्म एक्स्पो सेन्टर भरतपुरमा लाग्ने प्रदर्शनीलाई राष्टिपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने छन् । राष्ट्रपति भण्डारीले समुद्घाटन गर्ने प्रदर्शनीमा औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेको विभिन्न १२३ वटा बहुर्राष्ट्रिय कम्पनी र ३६ वटा नेपाली औषधि उद्योगहरु गरी १६० वटा स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा ३० हजार अवलोकनकर्ताको उपस्थिति रहने संघको विश्वास रहेको छ । यस्तै संघले प्रदर्शनीमा उपस्थितहुने सबैका लागि सटल बस, फुड कोर्ट, पार्किङलगायतको व्यवस्था गरेको छ ।
त्यस्तै ‘नेपाल फर्मा एक्स्पो २०२२’ को प्लाटिनम स्पोन्सरमा एलम्याच प्यागेजिङ प्राइभेट लिमिटेड रहेको छ । त्यसैगरी डायमण्ड स्पोन्सरमा सनसाइ फर्मा रहेका छन् । एक्स्पोको गोल्ड स्पोन्सटरमा एनपीएम मेसिनरी, एसभीए एमप्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोली रहेको छन् । यसै गरी सिल्भरमा ग्याटफोसे इन्डिया, कर्णावनी इन्जिनियरीङ, बम्बे इन्जिरियरिङ र क्लिमा फार्म टेक्नोलोजीज रहेका छन् ।
नेपाल औषधि उत्पादन संघद्वारा आयोजना हुने नेपाल फर्मा एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायिक संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एशोसिएसन र नेपाल फार्मेसी संघहरुलगायत आवद्ध संस्थाहरु रहेका छन् ।
























