चितवन विशेष

भरतपुरको चोविसकोठीमा खुल्यो शिशु फर्टिलिटी क्लिनिक,निःसन्तान दम्पतीलाई सेवा दिइने

Banner

चितवन, वैशाख ७-

निःसन्तान दम्पतीहरुलाई सेवा पु¥याउने उदेश्यले भरतपुरको चौबिसकोठीमा शिशु फर्टिलिटी क्लिनिक संचालनमा आएको छ । चैत १९ गतेबाट सञ्चालनमा आएको क्लिनिकले आईभीएफ,आइयूआई अन्तर्गतको विशेष सेवा दिन थालेको छ ।

क्लिनिकमा आइयूआईको सेवा उपलब्ध हुने र आईभीएफको परामर्श दिइने जनाइएको छ । यसबाट काठमाडौँ धाइरहनुपर्ने झन्झट हट्ने र खर्च पनि कम हुने क्लिनिकले जनाएको छ । क्लिनिकमा निसन्तानपन, बाँझोपनको विशेष उपचार दिने व्यवस्था गरिएको छ । क्लिनिकमा बरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा.सुमी मुनंकर्मी स्वास्थ्य परिक्षण गर्नुहुनेछ ।

समाजमा निःसन्तानपन जनचेतनाको कमीको कारणले पनि गम्भीर समस्या बन्दै गएको भन्दै क्लिनिकले विज्ञ डाक्टरसँग परामर्श गरेर आवश्यक प्रयोगशालाको परीक्षणको लागि क्लिनिकले सर्वसुलभ सेवा दिइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>