Breaking News

कोरोनाले धरासायी बनेको भरतपुर तरकारी तथा फलफूल मन्डी बन्द हुने अवस्थामा

Banner

प्रतिमा कुमाल

चितवन, वैशाख ७–

भरतपुर तरकारी तथा फलफूल मन्डी बन्द हुने अवस्थामा पुगेको छ ।

भरतपुर महानगरपालिका–१० बाइपास रोड थानी चोकमा सञ्चालनमा रहेको मन्डीबाट व्यवसायी पलायन हुँदा बन्द हुने स्थितिमा पुगेको हो ।

५४ वटा तरकारी तथा फलफूल स्टल भएकोमा अहिले सात वटा मात्र सञ्चालनमा रहेको छ । व्यवसायी रामप्रसाद पोखरेलले व्यापार घाटाका कारण व्यवसायी घट्दै गएको बताए । उनले भने, ‘तरकारी गाह्रो व्यापार हो । हरेकले गर्न सक्दैनन् । दुःख एक्दमै छ । बिहान ३ बजेनै उठेर तराकारी लिन होलसेलमा जानुपर्छ । यति दुःख गरेर पनि नाफा नभएपछि व्यवसायी पलायन हुनेनै भए ।’

पोखरेलले वस्तुको मूल्य वृद्धिका कारण ग्राहकहरु नआउदा पनि मन्डी धरापमा परेको जीकिर गरे । ‘सुरुवाती चरणमा भरतपुर मन्डी राम्रो सञ्चालनमा थियो । किसानका उत्पादन सिधै मन्डीमा आउथ्यो । तरकारी, फलफूल, माछा मासुको निर्धारित मूल्य तोकिएको थियो । बिचौलियाहरु नभएकाले वस्तुको मूल्य सस्तो थियो । तर, यसलाई निरन्तरण दिन नसकेपछि मूल्य बढ्दै गयो । ग्राहक कम हुदै गए । व्यवसायी पलायन भए,’ उनको भनाइ छ ।
यो मन्डी ढेड वर्ष अगाडि देखि सञ्चालनमा आएको हो । तीन जनाको सहकार्यमा यो सुरु भएको थियो । सुरुमा मन्डी व्यवस्थापनबाट नै वस्तुहरु आउने गरेको पोखरलले जानकारी दिए । बिस्तारै कम्पनीले त्यो अनुसारको सामग्री ल्याउन नसकेको उनको भनाइ छ । आफ्नै उत्पादन भएमात्र सस्तोमा बिक्री गर्न सक्ने बताए । यसो गर्न सके किसान, व्यापारी र ग्राहक तीनै तहलाई असर नपर्ने उनको भनाइ छ ।

तरकारी व्यवसायी सरिता सेढाइँले एउटै थरिका तरकारीको पसलहरु हुँदा व्यापार घटेको बताएकी छन् । स्टल अनुसार फरक—फरक तरकारी फलफूल भएको भए व्यापारा घाटा नहुने उनले बताए । मन्डीमा सबै प्रकारका वस्तु पाइन्छ भनेर आउने ग्राहकहरु यहाँबाट अन्यत्र समेत सामग्री खरिद गर्नुपर्ने अवस्था रहेको सेढाइँको भनाइ थियो ।

भरतपुर महानगरपालिका–११ बिशाल चोक निवासी व्यवसायी दुर्गा पौडेलले कोरोना महामारीबीच गरिएको दोस्रो लकडाउन (बन्दाबन्दी) पश्चात धरासायी भएको व्यवसाय उकासिन नसकेको बताए । सानो—तिनो लगानी गरेर गरिएको व्यापार डुबे पछि बजारलाई बिट मार्दै अन्य व्यवसाय सुरु गरेको भनाइ राखे ।

साथै अव्यवस्थित ठेलागाडा पनि यस मन्डीको समस्याको रुपमा रहेको छ । मन्डीबाट बाहिरीएका तथा अन्य मन्डी अगाडि नै आएर व्यपार गरिदिने गरेको उनले बताए । सरकारको करबाट भाग्नेहरु बाट आफूहरु मारमा परेको गुनासो गरे । यसलाई सम्बन्धित निकायले हेर्दिनु पर्ने उनको माग छ । उनीहरुलाई सिमित क्षेत्र तोकिदिनु पर्ने ध्यानाकर्षण गराए ।

भरतपुर मन्डी सञ्चालनमा आएकै दिनदेखि व्यवसाय गरेका पौडेलले आफ्नो भने मन्डी छाड्ने कुनै सोच नभएको बताए । उनको स्टलको समय अवधि ६ वर्षसम्मको छ । लगानी ढुबेकाले भरसक यहीबाट समाधान गर्ने उनको विचार छ । मन्डी पनि यसलाई चलायमान बनाउन तिर लाग्नुपर्ने पौडेलले बताए । कुनै विकल्प नभए अहिले भएका जति व्यापारी छन् सबैलाई केही राहत हुने निर्णय गर्नुपर्ने धारणा राखे । यस्तै मण्डीका सिईओ रोशन दाहालले मन्डी बन्द हुनुकोे मुख्य कारण कोरोना सहित लकडाउन रहेको बताएका छन् । उनले भने, ‘मन्डी खुल्नासाथ लकडाउन भयो । लकडाउनमा दुई देखि तीन घण्टा भन्दा खोल्न पाइएन । त्यतिबेला घरघरमा गएर सब्जी बेच्न थालियो । यहाँका व्यापारीहरु पनि गए । आकर्षण बढ्यो र त्यसलाईनै अहिलेसम्म अगाडि बढएका छन् ।

साथै दाहालले तरकारी तथा फलफूलको मूल्य वृद्धिका कारणले पनि ग्राहक घट्दा व्यापार घटेको जीकिर गरे । ‘पहिला हामी आफै घाटामा गएर व्यापारीहरुलाई बचाउन खोजेका थियौं । यहाँका लागि सबै वस्तुको आयात हामीबाटै हुन्थ्यो । जसका कारण सामानको मूल्य सस्तो थियो । सस्तोमा ग्रहकले वस्तु खरिद गर्न पाउदा व्यापार बढेको थियो । पछि व्यवसायीले आफै गर्ने माग गरे । हामीले पनि नदिएजस्तो बन्धनमा राखे जस्तो महसुस भएको होला भनेर छोडिदियौं । त्यस पछि सामानको मूल्य वृद्धि र ग्रहाकको आगमनामा कमी भएको हो,’ दाहालको भनाइ छ ।

यहाँ रहेका स्टलहरुको भाडा वर्षको ७०,७५ र ९५ हजारसम्म रहेको छ । मन्डी चल्नै नसके अर्को विकल्प समेत तयारीमा रहेको दाहालको भनाइ छ । तीन जनाको सहकार्यमा १५ वर्षको लागि जमिन लिजमा लिएर मण्डी सञ्चालन भएको हो । व्यापारी घटेसँगै प्रतिमहिना एक लाख रुपैयाँ घाटामा मन्डी गएको उनको भनाइ छ । यो मन्डी खुलेसँगै करिब १२ जना महिला सरसफाईकर्मीले काम पाएका थिए । ५ जना सुरक्षा गार्ड थिए । मन्डी बन्दहुने अवस्थामा पुगेपछि उनीहरुको पनि रोजगारी गुमेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>