Breaking News

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति मेरो घोर आपत्ति छ: नेता गुरुङ

Banner

चितवन, वैशाख ६-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।

उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निर्णय विपरित जबर्जस्ती गठबन्धन गरिएको छ ।’ उनले जिल्लामा यस विषयमा थप छलफल गरिने आगामी योजनाका बारेमा निचोडमा पुगिने बताए । वडा, पालिका, क्षेत्र र जिल्लाको निर्णयलाई अवमूल्यन गर्दा नतिजा प्रतिकुल आउने उनको भनाइ छ ।

आज गठबन्धनको बैठकले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । माओवादीबाट पुन वर्तमान मेयर रेनु दाहाल उम्मेदवार बन्ने चर्चा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>