चितवन विशेष
नयाँ वर्षमा नारायणीमा बेपत्ता भएका न्यौपानेको शव गाँजीपुरमा भेटियो
०

चितवन, वैशाख ५-
नयाँ वर्षमा परिवारसहित देवघाट नुहाउँन जादा नदीमा बेपत्ता भएका साकार न्यौपानेको शव आज भरतपुरको गाँजीपुरमा भेटिएको छ ।
न्यौपानेका काका सुदिप तिवारीले जनाएअनुसार उनले लगाएको कपडाको आधारमा उनको शवको पहिचान गरिएको हो । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका २१ वर्षीय साकार न्यौपाने परिवारसहित नुहाउन जादा नदीमा पौडी खेल्दा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । शवलाई खोजी गर्ने क्रममा प्रहरीले पत्ता लगाएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























