Breaking News

भरतपुरको मेयर माओवादीलाई दिँदा उचित हुने कांग्रेसलाई लागेको छ: प्रचण्ड

Banner

काठमाडौं, वैशाख ५-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउनेमा विश्वस्त देखिएका छन् ।

उनले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भरतपुर माओवादीलाई दिनुपर्छ भन्ने कांग्रेसलाई नै लागेको बताए । उनले भने, ‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई) नै दिनु उचित हुन्छ । कांग्रेसलाई पनि लागेको छ ।’

६ महानगरपालिकामध्ये एउटा माओवादीले पाउने र त्यसमा भरतपुरको दाबी स्वभाविक भएको उनले बताए । तपाइँहरुलाई भरतपुर नै नभई भएन भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, ‘भरतपुरै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन, तपाईंहरु प्रष्ट हुनुहोला । देशैभर ६ महानगरपालिका छन् । एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौं, विराटनगर, पोखरामध्ये एक दिए ठीकै छ । भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने होइन ।’

भतरपुरको नेतृत्व नछाड्न चर्को दबाव रहेको र त्यस विपरीत निर्णय गर्दा चुनावी नजिता प्रभावित हुन सक्ने कांग्रेस नेताहरु बताउँछन् । तर प्रचण्डले भने टिकट वितरणमा ससाना असन्तुष्टि हुनु स्वभाविक भएपनि खासै असर नपर्ने दाबी गरे ।

पार्टी निर्णय नै निर्णायक हुने भन्दै प्रचण्डले भने, ‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ ।’ महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेर पत्रकार सम्मेलन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>