Breaking News

चितवनमा कागतीको मूल्य अत्यधिक बढ्यो, १०० रुपैयाँमा चार दाना पाउन पनि मुस्किल

Banner

प्रतिमा कुमाल

चितवन, वैशाख ५–

चितवनमा कागतीको मूल्य अचाक्ली बढेको छ ।

कागतीको उत्पादन घट्न जादा गोटामा कागतीको मूल्य १५ देखि २५ रुपैयाँ पुगेको हो ।

भान्सामा चियादेखि अचारमासमेत प्रयोग गरिने कागती स्वास्थ्यको दृष्टिकोणले पनि बहुउपयोगी मानिन्छ । भरतपुर तरकारी तथा फलफूल माण्डीका व्यापारी रामप्रसाद पोखरेलले कागतीको मूल्य अहिलेसम्मकै उच्च रहेको बताए । भारतीय कागतीले बजार धान्नुपर्दा मूल्य बृद्धि भएको पोखरेलले बताए । उनले भने, ‘अहिले नेपालमा उत्पादन नभएको कारणले भारतबाट कागती आयात गर्नु परिरहेको छ । त्यसकारणले मूल्य अहिलेसम्मकै उच्च भएको हो ।’

साथै पोखरेलले वर्गीकरण अनुसार कागतीको मूल्य निर्धारण गरिएको बताए । उनका अनुसार कागतीको मूल्य सानोको १५ र ठूलाको २५ रुपैयाँ रहेको छ । होलसेलबाट किलोको ३५० देखि ३७० सम्म गरिद गर्नुपर्दा मूल्य बढाउनु परेको उनले बताए । कागतीसँगै भारतबाट आउने अन्य तरकारी करेला परबरको मूल्य समेत बढेको पोखरेलको भनाइ छ । किलोको १५० सम्म पुगेको उनले बताए ।

यस्तै बालकुमारी सब्जी मण्डीकी मैना गुरुङले कागतीको मूल्य बृद्धि हुनुको मुख्य कारण नेपालमा उत्पादन नहुनु रहेको बताइन् । सोही मण्डीका अर्का एक व्यक्तिले सिजन नभएकोले ४५० सम्म मूल्य तिरेर होलसेलबाट कागती ल्याउने गरेको बताए । यसभन्दा अगाडि कागतीको मुल्य प्रति किलो २०० रुपैँयाँ थियो । अभावसँगै यसको मुल्य बढेर ३०० देखि माथि ४५० सम्म पुगेको हो ।

भरतपुर महानगरपालिका–११ बसेनीकी उपभोक्ता ज्योति पोखरेलले पहिला १०० मा आधा किलो कागती किनेको स्मरण गरिन् । अहिले सो रकमको चार दाना आउदा दैनिक प्रयोग गर्न सकस परेको उनको भनाइ छ । पोखरेलले स्वास्थ्यको लागि औषधिको रुपमा दैनिक कागती प्रयोग गर्दै आएको बताइन् । अचारको व्यापार समेत गर्दै आएकी उनले कागती महंगिदा यसको अचार भने नबनाएको जानकारी दिइन् । सामान्य भान्सामा प्रयोग गरिने कागतीसमेत भारतकै बजारमा भरपर्नुपर्ने बाध्यताले नेपाली समाजको परनिर्भरतालाई झनै बढाउँदै लगेको छ । खेर गएको जमिनमा कागती खेती गर्न सके राम्रो बजार पाउन सक्ने सम्भावना देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>