Breaking News
भारतले पठायो इन्धनको नयाँ मूल्यसूची,पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घट्यो
०
काठमाडौं,बैशाख ५-
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।
‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ,’ निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने, ‘नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>