Breaking News

चितवनमा एसईईको सम्पूर्ण तयारी पूरा, १२ हजार बढी विद्यार्थी सहभागी हुँदै

Banner

पूजा ढकाल

चितवन, वैशाख ५-

आगामी वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)को तयारी सकिएको छ ।

चितवनका सबै विद्यालयमा आवश्यक सामग्री र शान्ति सुरक्षाको व्यवस्था भएपछि तयारी पूरा भएको हो ।

जिल्ला शिक्षा समन्वय कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा परीक्षा दिने पाँच हजार ९६२ जना महिला र छ हजार १९६ पुरुष गरी १२ हजार १५८ परीक्षार्थी विद्यार्थी रहेका छन् । बिगत दुई वर्षदेखि विश्वभर फैलिएको कोरोना माहामारीका कारण रोकिएको एसईई परीक्षा यस वर्ष फेस टु फेस सञ्चालन गर्ने उनको भनाइ छ । अहिले जिल्लामा १०६ सामुदायिक तथा १२९ वटा संस्थागत विद्ययालय रहेका छन् ।  सुवेदी भन्छन्, ‘ बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने ४२ परीक्षा केन्द्रमा हामीले शान्ति सुरक्षाका लागि १५ जना प्रहरी खटाएका छौँ । ’ शिक्षा कार्यालयले सबै परीक्षा केन्द्र कापी पठाइ सकेको र अब विद्यार्थी परिक्षा दिन आउन मात्रै बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै भरतपुर –१० चितवनको नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीका अनुसार विद्यालयले परीक्षाको तयारी पूर्णरुपमा सम्पन्न गरेको छ । विद्यार्थीलाई परीक्षा दिने सहज वातावरण मिलाउन प्रिएसईई तथा अन्य परीक्षा पनि सञ्चालन गरेको उनले बताए ।

विद्यार्थीले राम्रो नतिजा ल्याउनेमा स्कुल तथा प्राध्यापक आशावादी रहेको उनको भनाइ छ । अहिले विद्यालयमा ३८४ परीक्षार्थी रहेकोमा चार जना दृष्टिविहीन विद्यार्थी रहेका छन् । त्यस्तै, एक विद्यार्थीको प्रीएसईई परीक्षा पछि मृत्यु भएको भन्दै दवाडीले दुःख व्यक्त गरे । दवाडी भन्छन्, ‘ हामीले विद्यार्थीलाई परीक्षा कार्ड वैशाख ७ गते बिहान ७ गते वितरण गर्ने योजना बनाएका छौँ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>