चितवन विशेष

नारायणगढमा मेन्टोर एजुकेसन अष्ट्रेलियाको नयाँ शाखा सञ्चालनमा

Banner

चितवन, वैशाख ४-

अष्ट्रेलियाको मेन्टोर शैक्षिक परामर्शदाता कम्पनीले चितवनको लायन्सचोकमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ ।

शाखाको नारायणगढको लायन्सचोकमा चितवनका युवा व्यवसायी निर्देश सेढाइँले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा सेढाइँले कम्पनीलाई राम्रो तरिकाले काम गर्दै दक्ष विद्यार्थी उत्पादन गर्न शुभकामना दिए । त्यस्तै सन् २०१६ मा अस्टे«लियाको मेलबर्न शहरबाट सञ्चालनमा आएको यस परामर्शदाता कम्पनीको होबट (अस्टेलियाको ताजपोनिया)र भारतको चण्ढीगढमा शाखा रहेको छ । यस्तै आज चितवनमा उदघाटन भएको शाखा भने नेपालकै पहिलो र यस कम्पनीको चौँथो शाखा हो ।

परामर्शदाता कम्पनीका प्रबन्धक सरोज कँडेलकाअनुसार यस मेन्टोर अष्टेलिया परामर्शदाता कम्पनीमा नितान्त रुपमाअस्टेलियाको मात्रै काम गर्छ । विगत १० वर्षदेखि आफू यसै क्षेत्रमा अष्टे«लिया बसेर काम गरेको र अहिले अस्टे«लियाको बसाई त्यागेर नेपालमै परामर्शदाता कम्पनी विस्तार गरेको उनको भनाइ छ । यस मेन्टोरको शाखामा पीटीई, आईएलटीएस, टोफेलका कक्षाको पढाइ हुने उनले बताए ।

त्यस्तै उनकाअनुसार कम्पनीले अष्ट्रेलिया जाने विद्यार्थीलाई आवश्यक सबै परामर्श दिनेछ । कम्पनीले अष्ट्रेलियामा बसेर अनुभव संगालेका शिक्षकबाट पढाउने र विदेश गएपछि पनि विद्यार्थीलाई काम खोज्न सहयोग गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>