Breaking News

कांग्रेस सभापति खनालले बुझे भरतपुरका दुई दर्जन बढी मेयरका आकांक्षीहरुको सूची

Banner

चितवन, वैशाख ३-

नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले कांग्रेस चितवनका सभापति राजेश्वर खनाललाई महानगरमा नाम दर्ता गरेका मेयर र उपमेयरका आकांक्षीहरुको सूचि बुझाएको छ ।

महानगरका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा गएको एक टोलीले सभापति खनाललाई आज पार्टी कार्यालयमा सो सूची हस्तान्तरण गरेको हो । सूचीमा भरतपुरको मेयरमा कांग्रेसको तर्फबाट २५ जना र उपमेयरमा २४ जनाले आकांक्षा देखाएका छन् । अधिकारीसहित टोलीमा नगर सचिव कृष्ण बगाले र प्रवक्ता प्रभाकर ईश्वर श्रेष्ठ रहेका थिए ।

सूची हस्तान्तरण गरेपछि नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै महानगरका सभापति अधिकारीले आफूहरुको धर्म र कर्म दुवै पूरा गरेको बताए । उनले भने, ‘ जे गर्छ गठबन्धनले गर्छ । मेयर माओवादीलाई दिने केन्द्रमा कुरा मिलेको भन्ने सुनिएको छ । आधिकारिक पत्र आएको छैन । हामीले केन्द्रको निर्णय त मान्नै प¥यो ।’ उनले भरतपुरमा मेयर र उपमेयरको आकांक्षीहरुको नामाबली प्रदेश हुँदै केन्द्रसम्म पुग्ने बताए । महानगर कमिटीले एक हप्ता अगाडि दुई दिनसम्म आकांक्षी मेयर र उपमेयरले नाम दर्ता गराउने निर्देशन दिएको थियो । आकांक्षा राख्नेमा विश्वविद्यालयका प्राध्यापकदेखि बहालवाला प्रदेश मन्त्रीसम्म छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>