चितवन विशेष
जापान भिजा लागेका १०० जना विद्यार्थीलाई अकारुईले गर्यो बिदाइ

चितवन, वैशाख ३-
चितवनको अकारुई परामर्शदाता कम्पनीले १०० जना विद्यार्थीलाई बिदाइ गरेको छ । कम्पनीले सही परामर्श र भाषा सिकेर जापानको भिसा लागेको १०० जना विद्यार्थीलाई शुक्रबार बिदाइ गरेको हो । चितवनको लायन्सचोकमा मुख्य कार्यालय रहेको रहेको यस कन्सल्टेन्सीको देशका मुख्य शहरमा बनेपा, पोखरा, काठमाडौँ, कावासोती, टाँडी र दाङमा शाखा रहेको छ ।
यस अकारुई परामर्शदाता कम्पनीमा जापानिज भाषाको मात्रै पढाइ हुँदै आएको छ । जापानबाट अनुभव संगालेर नेपाल फर्किएका अनुभवी प्रध्यापकबाट पठनपाठन हुने यस परामर्शदाता कम्पनी बर्सेनि ९५ प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
त्यस्तै सन् २०१३ बाट सञ्चालनमा आएको यस परामर्शदाता कम्पनीले आफ्ना विद्यार्थीलाई नेपाल रहँदा मात्रै नभएर जापान गएपछि पनि काम खोज्न सहयोग गर्दै आएको छ । परामर्शदाता कम्पनीका प्रमुख प्रजोल पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि ईक्यानका अध्यक्ष समुन्द्र अर्याल रहेका थिए ।

























