क्रिकेट

क्रिकेट कप्तान सन्दीप गृहजिल्ला चितवनमा सम्मानित

Banner

चितवन, वैशाख २–

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने गृहजिल्लामा सम्मानित भएका छन् ।

चितवन जिल्ला क्रिकेट संघले आज (शुक्रबार) एक कार्यक्रमकाबीच कप्तान लामिछानेलाई सम्मान गरेको हो । संघका कार्यवाहक अध्यक्ष सुदिप पिया, सचिव उमेश पियालगायतले कप्तान लामिछानेलाई खादा र चितवनको चिनारी गैंडा उपहार दिँदै सम्मान गरेको हो । चितवनले पहिलोपटक राष्ट्रिय क्रिकेटको कप्तानी गर्ने अवसर पाएको खुशीयालीमा कप्तान लामिछानेलाई सम्मान गरिएको कार्यवाहक अध्यक्ष पियाले बताए ।

उनले सन्दीपको सफलताले चितवनका खेलाडीहरुमा उर्जा थपेको भन्दै आगामि दिनमा अझै धेरै राष्ट्रिय टिममा चितवनका खेलाडीहरुले प्रतिनिधित्व गर्नेमा विश्वास व्यक्त गरे । उनले सन्दीपको मेहनतले नै सफलता हात पारेको भन्दै अन्य खेलाडीहरुलाई अझै मेहनत गर्न आग्रह गरेका थिए ।

सम्मानित भएपछि बोल्दै कप्तान लामिछानेले गृहजिल्लामा सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्नो प्रदर्शनमा थप हौसला थपेको बताए । उनले आफू चितवन र देश चिनाउन पाउँदा गौरान्वितत भएको भन्दै आफू जहाँ गएपनि जिल्ला र देशको माया रहीरहने बताए । कार्यक्रममा उपस्थितहरुले सन्दीपलाई खादा लगाएर सम्मान गरेका थिए ।

सन्दीप चितवनको क्याम्पाचौर हुँदै राष्ट्रिय टिमको ढोका ढकढकाएका थिए । उनी सर्वाधिक चर्चित इण्डियन प्रिमियर लिग खेल्ने पहिलो र एक मात्र खेलाडी हुन् । रत्ननगर निवासी सन्दीप नवलपुरमा दिदीको घरमा बसेर क्याम्पाचौरमा प्रशिक्षण गर्दै आइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>