Breaking News

नेपाललाई अमेरिकी संस्थाको एमसिसीभन्दा ठूलो अनुदान

Banner

काठमाडौं,बैशाख २-

नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गरेपछि त्योभन्दा ठूलो अनुदान प्राप्त गर्ने भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआइडी)ले नेपाललाई एमसिसीभन्दा ठूलो अनुदान रकम दिने भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डै असी अर्ब रुपैयाँको यो अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो।

यो रकम बहुचर्चित एमसिसीको भन्दा धेरै हो। एमसिसीले नेपालको सडक र विद्युत परियोजनाका लागि ५ सय मिलियन डलर अर्थात् ६१ अर्ब रुपैयाँ अनुदान दिएको छ। संसदबाट पारित भएसँगै एमसिसी परियोजना कार्यान्वयनमा गइसकेको छ।

यूएसएआइडीको अनुदान रकम एमसिसीको भन्दा झण्डै १९ अर्ब रुपैयाँले बढी हो। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट थप १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>