Breaking News

भरतपुरमा प्राध्यापक डा सापकोटाको मेयर बन्ने चाहना, नागरिकसँग घरदैलो गर्दै

Banner

मधुसूदन दवाडी

चितवन, वैशाख १-

वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा प्राध्यापक डा केशबभक्त सापकोटाले नेपाली कांग्रेसबाट भरतपुरको मेयर बन्ने चाहना राखेका छन् ।
नेपाली कांग्रेसले भरतपुरमा मेयरबाट आकांक्षीको नाम दर्ता मागेपछि डा सापकोटाले पार्टी कार्यालय पुगेर नै महानगरको मेयर बन्ने औपचारिकरुपमा आकांक्षा राखेका हुन् ।

त्रिभुवन विश्वविद्यालयमा २९ वर्ष अर्थशास्त्रको प्राध्यापकको रुपमा सेवा गरेर हालसालै सेवा निवृत्त भई पूर्णकालिनरुपमा राजनीतिमा आएका छन् । उनले बालकुमारी क्याम्पसबाट अर्थशास्त्र पढाउन थालेको वर्ष गन्ने हो भने त झनै ३५ वर्ष पुग्यो । उनी अहिले नेपाली कांग्रेसको वाग्मती प्रदेश कमिटीको सदस्य हुन् भने नेपाली कांग्रेसको वाग्मती प्रदेशको पेसागत तथा बुद्धिजीवी विभागको प्रमुखमा अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।

डा सापकोटाको पारिवारिक वातावरणले नै उनलाई राजनीतिमा लाग्न प्रेरित ग¥यो । भरतपुर महानगरपालिका–४ लंकु निवासी सापकोटाका बुबा दधिराम सापकोटा भरतपुर नगरपञ्चायतका संस्थापक उपप्रधानपञ्च थिए भने उनकी श्रीमती इन्दिरा सापकोटा शिक्षक संघको केन्द्रीय उपाध्यक्ष थिइन् । अहिले इन्दिरा «कांग्रेस निकट ट्रेड युनियनको केन्द्रीय उपाध्यक्ष छन् । २०४६ सालको आन्दोलनमा उनी बुबासँगै भरतपुर कारागारमा दुई महिना जेलमा बसेका थिए । श्रीमती सापकोटा पनि दोस्रो जनआन्दोलनमा काठमाडौँमा जेलमा बसिन् । यस्तै परिवारको राजनीतिक पृष्ठभूमिले डा सापकोटालाई भरतपुरको मेयर बन्न प्रेरित गर्‍यो ।

नेपालको राजनीतिमा आर्थिक अपारदर्शिता, सुस्तता, विसंगति, कुशासन देखिएपछि बाहिर बसेर आलोचना मात्र गर्ने भन्दा पनि काम गरेर नै देखाउनको लागि आफूले भरतपुर महानगरको मेयर बन्ने चाहना राखेको उनले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पार्टीले मेयरको आकांक्षीहरुको नाम मागेपछि मैले प्रक्रियागतरुपमा मेयर पदमा आफ्नो इच्छा व्यक्त गरेको हो । २०५४ सालको स्थानीय निर्वाचनमा पनि मैले भरतपुरको उपमेयरमा मेरो नाम सिफारिस भएको थियो । तर, म छनोटमा परिन ।’ मेयरमा आकांक्षा देखाएसँगै डा सापकोटा भरतपुरको विभिन्न वाडमा पुगेर पार्टीका कार्यकर्ताहरु भेटघाट र घरदैलो गरिरहेका छन् । उनले भने, ‘भरतपुरमा गठबन्धनको कुरा आफ्नो ठाउँमा छ तर म पार्टीका नेता तथा कार्यकर्ताहरुको माझमा निरन्तर पार्टीको चुनावी प्रचारमा सक्रिय भएर लागिरहेको छु ।’

बीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा सापकोटा भरतपुरको एक चिरपरिचित बौद्धिक व्यक्तित्व हुन् । उनले भरतपुरको लक्ष्मी मावि र चितवन हाइस्कुलबाट विद्यालय शिक्षा पूरा गरेपछि वीरेन्द्र क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह र स्नातक गरे । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए उर्तीर्ण गरेपछि विभिन्न क्याम्पसमा प्राध्यापनको काम सुरु गरे । वीरेन्द्र क्याम्पसमा प्राध्यापन गरिरहँदा आजभन्दा १० वर्षअगाडि त्रिभुवन विश्वविद्यालयबाट ‘विश्व व्यापार संगठनले कृषि क्षेत्रमा पारेको प्रभाव’ विषयमा पीएचडी गरेका हुन् । २०३६ सालदेखि विद्यार्थी जीवनबाट उनी राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी जस्तो बौद्धिक व्यक्तित्व महानगरको मेयरमा आकांक्षा देखाउनु नै गौरवको विषय भएको चितवनका विभिन्न नेताहरुले बताएका छन् ।

कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले पार्टीभित्र सापकोटा जस्ता बौद्धिक व्यक्तित्वहरु राजनीतिमा अगाडि आउन खोज्नु सकारात्मक विषय भएको बताए । उनले भने, ‘ कांग्रेसभित्र बौद्धिक व्यक्तित्वहरु अगाडि आउने चाहना राख्नुलाई स्वभाविक लोकतान्त्रिक प्रक्रियाको रुपमा लिनुपर्छ ।’ उनले पार्टीले सबै आकांक्षीको नाम सिफारिस गरेको तर मेयर को बन्छ भन्ने निर्णय भने अहिलेसम्म नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>