चितवन विशेष

चितवनमा भोलिको आमसभामा सहभागी हुन राप्रपा नेताहरु आउन सुरु

Banner

चितवन, वैशाख १–

राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभामा सहभागिता जनाउन नेताहरु चितवन आउन थालेका छन् ।

भोलि वैशाख २ गते हुने आमसभाका लागि अहिलसम्म राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहायक महामन्त्री प्रेम बलायर र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्कीको आगमन भएको राप्रपा चितवनले जानकारी दिएको हो ।

उपाध्यक्ष पाण्डेको गृह नगर भएकाले उनी आमसभाको तयारीबारे अनुगमन गर्न आएको जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । अन्य र्शीष नेताहरुको आगमन भने भोलि बिहान १० बजेसम्म हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>