चितवन विशेष

चितवनमा निर्घात कुटपिट भएको घटनापछि पहिलोपटक ज्ञानेन्द्र शाही भोली चितवन आउँदै

०
Banner

प्रतिमा कुमाल,

चितवन, वैशाख १–

चितवनमा निर्घात कुटपिट गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही त्यसपछि पहिलो पटक भोली चितवन आउँदै छन् । गत वर्ष असोज ११ गते शनिबारको दिन निर्घात कुटपिट गरिएका शाही राप्रपाको आमसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।

भ्रष्टचार विरोधी अभियानमा हिडिरहेको बेला शाहीमाथि भरतपुर महानगरपालिका वडा नं. १० स्थित होटल ग्लोबल अगाडि कुटपिट भएको थियो । उनी ‘नेपालका लागि नेपाली’ अभियानका संयोजक समेत थिए । सोही अन्तर्गत भ्रष्टचार र लुटतन्त्र विरुद्ध नागरिक खबरदारी कार्यक्रममा सहभागी हुन उनी चितवन आएका थिए । शाहीलाई रड, ढुङ्गा र इँटाले कुटपिट गरिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको थियो । होटल अगाडि पार्किङ गरी राखेको ना ३ ख ८४५८ नम्बरको माइक्रोबस भित्र बसेको अवस्थामा शाहीलाई कुटपिट गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>