चितवन विशेष

भरतपुरमा झण्डै एक करोड लगानीमा खुल्यो ‘बियर दरबार’

Banner

चितवन, चैत ३०-

भरतपुरमा बियर दरबार रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बियरका पारखीलाई मध्यनजर गर्दै चितवनका नवउद्यमी युवाहरूद्वारा भरतपुर महानगरपालिका –१० सप्तगण्डकी रोडमा वियर दरबार रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेस्टुरेन्टको नयाँ बर्षको दिन भोली औपचारिक उद्घाटन गरिदैंछ । करिब एक करोडको लगानीमा चार जना युवाहरू मिलेर आधुनिक सुविधायुक्त र वियर दरबार सञ्चालनमा ल्याएको जनाइएको छ ।

स्नातकोत्तर पश्चात् स्वदेशमा नै केही गर्नु पर्छ भन्ने उदेश्यका साथ म्यानेजमेन्ट, साइन्स, फार्मेसी र होटल म्यानेजमेन्ट पढेका ३० वर्ष मुनिका फरक आयामका युवाहरू मिलेर पृथक किसिमले, बियरलाई नै लक्षित गरि बियर दरबार क्याफे, रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएको रेस्टुरेन्टका सञ्चालक एवम प्रबन्ध निर्देशक सुमन अधिकारीले जानकारी दिए ।

रेस्टुरेन्टमा अलग अलग किसिमको कफी, बर्गर, सेट, लाईभ वार्विक्यु, मटन र टर्कीको कटिया, घुंगीलगायत केही मौलिक खाजाका प्रकारहरुको स्वादसँगै ४० कम्पनीका सय बढी भेराइटीका स्वदेशी तथा विदेशी ब्राण्डका ड्राफ्टेड र क्राफ्टेड बियरहरु पाइने जनाइएको छ । नयाँ वर्षको अवसरमा भोलि जुनकुनै ब्राण्डको बियर किन्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको रेष्टुरेन्टले नारायणी अनलाइनलाई जनाएको छ । साँझ स्थानीय कलाकारद्वारा ‘लाइभ म्युजिक पर्फमेन्स’ समेत हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>