Breaking News
चितवनमा ट्रक र ट्याङकर ठोक्किदा पाँच घाइते,एकको अवस्था गम्भिर

चितवन, चैत ३०–
पूर्वी चितवनमा आईचर ट्रक र ट्याङकर एकआपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । एकको अवस्था गम्भिर छ । खैरहनी नगरपालिका वडा नं. ९ बैरीनिचोक साईबाबा पेट्रोल पप्प अगाडी आज विहान ११ः२५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
बिरगंजबाट टाँडी तर्फ आउदै गरेको लु १ ख ६४१८ नं.को ट्याङकर र विपरित दिशबाट जादै गरेको ना १ ख ३४३२ नं।को आईचर ट्रक एक आपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन । घटना स्थल ईप्रका खैरहनीबाट ३ कि।मि पुर्व रहेको छ । दुर्घटना हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटीएको थियो ।
गम्भीर घाइते हुनेमा आईचर चालक भरतपुर १२ का ५० वर्षीय गजेन्द्र कुमाल रहेका छन् । उनको खुट्टामा चोट लागेको छ । आईचरमा सवार रोल्पा जिल्ला रुन्चीगढी गाउँपालिका १ बस्ने वर्ष २२ का नवराज परियार सामान्य घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । दाङ राजपुर गाउँपालिका ६ बस्ने वर्ष २८ वर्षीय जित बहादुर बुढाको हात र खुट्टामा चोट लागेको छ ।
रोल्पा रुन्चीगढी गाउँपालिका ९ बस्ने बर्ष १९ का प्रकाश कामीको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम भएको प्रहरीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस्तै ट्याङकर चालक रुपन्देही बुटवल उपमहानगरपालिका १६ का ३६ वर्षीय मनोहर दगुरिया थारुलाई पनि सामान्य चोट लागेको छ ।
घाइते सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको छ । दुर्घटनामा परेको दुबै सवारी साधन घटना स्थलमै रहको बताइएको छ ।



























