चितवन विशेष

माडी नगरपालिकामा एमालेबाट मेयरमा सात जनाको दाबी

Banner

चितवन, चैत २९-

माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि सात जना र उपमेयर पदमा छ जनाले दाबी गरेका छन् ।

एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार विष्ट, ताराकुमारी काजी महतो, नारायण पौडेल, रामेश्वर महतो, रेशमलाल आचार्य, रामेश्वर चौधरी र नारायणप्रसाद अधिकारीले दाबी गरेका छन् ।

यस्तै उपमेयर पदमा मथुराबहादुर भण्डारी, कोपिला सिवाकोटी, सीता तिमिल्सिना, शिवहरि सुवेदी, श्रीप्रसाद दवाडी र कमल रामदामले दाबी गरेको सचिव दवाडीले जानकारी दिए । दाबी गरिएका नाममा छलफल गरी जिल्लामा सिफारिस गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>