Breaking News

गभर्नरको निलम्बन सरकारको गैरजिम्मेवारीपनः डा. कोइराला

०
Banner

काठमाडौं, चैत २९–

सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैरजिम्मेवारीपन भएको बताए । उनले जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुने भन्दै सामान्य ४० करोड रुपैयाँको विषयलाई लिएर गैरजिम्मवारपूर्ण कार्य सरकारले गर्न नमिल्ने बताए । ‘

अर्थ मन्त्रालयले गरेको गलत काम रोक्ने काम राष्ट्र बैंकको हुन्छ । संसारको जुनसुकै मुलुकमा पनि गभर्नर र अर्थ मन्त्रालयबीच खटपट हुन्छ नै’ उनले भने, ‘विदेशी सञ्चिति ६ महिनाको मात्र छ, विलासी वस्तुको आयात रोक्नुहोस् भन्नुभयो । हामीले पनि भनिरहेको विषय हो । उहाँलाई किन निलम्बन गरियो ? त्यसको जवाफ सरकारले जनतालाई दिनुपर्छ ।’

नेता कोइरालाले सरकारले गरेका नियुक्तिहरू पनि संविधान र समावेशीताको खिलाफमा भइरहेको तर्क गरे । उनले ओम्नीकान्डमा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा किन नियुक्त गरेको ? भन्दै पनि प्रश्न गरे ।

‘राजदूतहरूको नियुक्ति संविधानको खिलाफ भएको छ । समावेशी भएको देखिँदैन’, उनले भने, ‘टेलिकममा एमडी नियुक्ति जो हुनुभयो, मैले सुनेको उहाँ ओम्नीमा पनि हुनुहुन्छ । विवादित व्यक्तिलाई किन नियुक्त गर्नुप¥यो ? सबैले विरोध गरेको हो । यसको जवाफ सरकारले जनलाई दिनुपर्छ ।’ नेता कोइरालाले वर्तमान सरकारमा सुशासन र पारदर्शीताको प्रश्न पनि उठाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>