Breaking News

गभर्नरको निलम्बन सरकारको गैरजिम्मेवारीपनः डा. कोइराला

Banner

काठमाडौं, चैत २९–

सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैरजिम्मेवारीपन भएको बताए । उनले जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुने भन्दै सामान्य ४० करोड रुपैयाँको विषयलाई लिएर गैरजिम्मवारपूर्ण कार्य सरकारले गर्न नमिल्ने बताए । ‘

अर्थ मन्त्रालयले गरेको गलत काम रोक्ने काम राष्ट्र बैंकको हुन्छ । संसारको जुनसुकै मुलुकमा पनि गभर्नर र अर्थ मन्त्रालयबीच खटपट हुन्छ नै’ उनले भने, ‘विदेशी सञ्चिति ६ महिनाको मात्र छ, विलासी वस्तुको आयात रोक्नुहोस् भन्नुभयो । हामीले पनि भनिरहेको विषय हो । उहाँलाई किन निलम्बन गरियो ? त्यसको जवाफ सरकारले जनतालाई दिनुपर्छ ।’

नेता कोइरालाले सरकारले गरेका नियुक्तिहरू पनि संविधान र समावेशीताको खिलाफमा भइरहेको तर्क गरे । उनले ओम्नीकान्डमा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा किन नियुक्त गरेको ? भन्दै पनि प्रश्न गरे ।

‘राजदूतहरूको नियुक्ति संविधानको खिलाफ भएको छ । समावेशी भएको देखिँदैन’, उनले भने, ‘टेलिकममा एमडी नियुक्ति जो हुनुभयो, मैले सुनेको उहाँ ओम्नीमा पनि हुनुहुन्छ । विवादित व्यक्तिलाई किन नियुक्त गर्नुप¥यो ? सबैले विरोध गरेको हो । यसको जवाफ सरकारले जनलाई दिनुपर्छ ।’ नेता कोइरालाले वर्तमान सरकारमा सुशासन र पारदर्शीताको प्रश्न पनि उठाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>