Breaking News

नयाँ वर्षका लागि सौराहाका होटल धमाधम बुकिङ, फुड फेस्टिभलले बढाउँदैछ रौनक

Banner

चितवन,चैत २९-

नेपालको चर्चित पर्यटकीय गन्तव्य सौराहामा धमाधम होटल बुकिङ भइरहेका छन्। नयाँ वर्षका लागि बुकिङ र सोधपुछ आइरहेको क्षेत्रीय होटल संघ, सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले बताए। नयाँ वर्षलाई लक्षित गर्दै रेस्टुरेन्ट एसोसिएसन (रेबन) को आयोजनामा चैत २८ देखि वैशाख २ गतेसम्म स्ट्रिट फुड फेस्टिभल गर्न लागिएको उनले जानकारी दिए।

विगतमा अंग्रेजी नयाँ वर्ष र भ्यालेन्टाइन्स डेका दिन सौराहामा फुड फेस्टिभल हुन्थ्यो,घिमिरेले भने, यसपालि नेपाली नयाँ वर्षको अवसरमा सडकमा खानेकुरा खुवाउन लागिएको हो। सौराहाको गणेशमन्दिर चोकदेखि गैंडाचोकसम्म करिब १७ मिटर सडकमा महोत्सव हुने उनको भनाइ छ। त्यसका लागि सडक तथा बजार सजावटको काम भइरहेको छ। सौराहामा एक सय २० होटल भएकामा ४० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको उनको भनाइ छ।

नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ। अघिल्लो दिनसम्म पनि बुकिङ आउने भएकाले हाम्रो अपेक्षा राम्रो छ,उनी भन्छन्। पछिल्लो समय विदेशी पर्यटक आगमन संख्या पनि बढेको छ। नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२२ को तीन महिनामा मात्र झन्डै ७९ हजार जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। जबकि सन् २०२१ को पूरा वर्षमा डेढ लाख मात्र आएका थिए।

यो तथ्यांकले दुई वर्षअघिदेखि थलिएको पर्यटन उद्योग अब पुरानो बाटोमा फर्किन लय समातेको संकेत गरेको छ। महामारीले असर नपारे बिस्तारै पर्यटन व्यवसाय फस्टाउनेमा व्यवसायीहरू आशावादी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>