चितवन विशेष

कांग्रेसबाट भरतपुरको मेयरमा अर्थशास्त्रका प्राध्यापक घनश्याम दवाडीको दाबी

Banner

चितवन, चैत २८-

नेपाली कांग्रेसबाट भरतपुरको मेयरमा अर्थशास्त्रका प्राध्यापक घनश्याम दवाडीले दाबी गरेका छन् ।

भरतपुरमा मेयर पद कांग्रेसले कुनै पनि हालतमा छाड्नु हुँदैन भन्दै उनले आज मेयर पदको आकांक्षीमा पार्टी कार्यालयमा नाम दर्ता गराएका हुन् ।

काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसमा अर्थशास्त्र प्राध्यापन गर्ने उनी भरतपुर महानगरपालिका–२१ पार्वतीपुर कान्छी चोकका स्थायी बासिन्दा हुन् । अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दै गरेका दवाडीले परम्भिक शिक्षा लमजुङको विचौरबाट लिएका हुन् भने प्रमाणपत्र तह र स्नातक भरतपुरको बीरेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरेपछि अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका हुन् ।

विद्यालयबाट नै कांग्रेस राजनीतिमा सक्रिय दवाडी विसं २०५४ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयका  उपसभापति भएका थिए । त्रिभुवन विश्वविद्यालयमा नेविसंघको सल्लाहकारसमेत भएर काम गरिसकेका उनी अहिले नेपाली कांग्रेस निकटको त्रिभुवन विश्वविद्यालय प्रजातान्त्रिक प्राध्यापक संघका सदस्य हुन् । पटकपटकका आन्दोलनमा गरेर उनले तीन महिना बढी जेल जीवन बिताएका छन् ।

मेयर पदका अकांक्षी दवाडीले चितवनमा कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन आफूले मेयर पदमा चुनाव लड्ने चाहना राखेको बताए । उनले भने, ‘ भरतपुरलाई भौतिक पूर्वाधार र साधनस्रोतका हिसाबले विश्वकै प्रतिष्ठित सहर बनाउन सकिन्छ । यसका लागि भिजन, मिसन र काम सबै चाहिन्छ । सबैका लागि म सधै तयार छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>