चितवन विशेष
कोरोनाले पारेको प्रभाव विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा भुजेल पहिलो

चितवन, चैत २८-
भरतपुरको श्री मेडिकल तथा टेक्निकल कलेजले गरेको वक्तृत्वकला प्रतियोगितामा काजोल भुजेल पहिलो भएकी छन् ।
‘नेपालको अर्थतन्त्रमा कोरोनाले पारेको प्रभाव’ विषयमा कलेजको अन्तर तह वक्तृत्वकला प्रतियोगितामा बीपीएच छैठौं सेमेस्टरकी भुजेल पहिलो भएकी हुन् ।
प्रतियोगितामा बीएस्सी नर्सिङ चौथो सेमेस्टरकी सोनी धरेल दोस्रो, बीपीएच आठौं सेमेस्टरका कमल पौडेल तेस्रो र बीपीएच आठौं सेमेस्टरकी अनुजा खनाल सान्त्वना भएका छन् । श्री मेडिकल तथा टेक्निकल कलेजकी नर्सिङ प्रमुख शोभना नेपालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा कवि तथा निवन्धकार भूपेन्द्र खड्का, अंग्रेजी साहित्यका उपप्राध्यापक तथा कवि विश्व सुवेदी र नारायणी अनलाइनका समाचार सम्पादक मधुसूदन दवाडी निर्णायक रहेका थिए । प्रतियोगितामा प्रमाणपत्र तह नर्सिङ र स्नातक तहमा गरेर ११ जना सहभागी रहेका थिए । कलेजले हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धिका लागि हाजिरीजवाफ, फुटबल र भलिबल जस्ता प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

























