अर्थ

अर्थमन्त्रीको निर्देशनः विदेशी मुद्रा चाहिएको छ, धेरैभन्दा धेरै विदेशी भित्र्याउनुस्

Banner

काठमाडौं, चैत २८-

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन्।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आज भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए।

‘हामीलाई यतिबेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ। यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ’, उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस्। नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्नुस्।’

चैत महिनामा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उहाँ यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो औँल्याए। ‘विप्रेषण बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ। रेमिट गर्नेहरूलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>