चितवन विशेष

राप्ती नगरमा एमालेबाट नगर प्रमुखमा सात र उपप्रमुखमा आठ जनाको आकांक्षा

Banner

चितवन, चैत २७-

चितवनको राप्ती नगरपालिकामा एमालेको तर्फबाट मेयरमा सात र उपप्रमुखमा आठ जनाले आकांक्षा देखाएका छन् । आइतबार नगर कमिटीले मेयर र उमेयरमा आकांक्षा प्रस्तुत गर्न भनिएको थियो ।

नगर प्रमुखमा वर्तमान उपप्रमुख इमानसिंह लामा, घनश्याम कँडेल, गोविन् प्रसाद कँडेल, धर्मराज कँडेल, राम बहादुर मगर, पुस्पा कुँवर, श्यामसुन्दर उप्रेती र राजकुमार भट्टले आकांक्षा प्रस्तुत गरेका छन् ।

त्यस्तै उप प्रमुखमा निलिमा गोम्बो, कृष्णकुमारी भाट, मेनुका पाठक, सुशीला कुमारी पौडेल, श्यामकृष्ण आचार्य, प्रतिभा पाण्डे, कल्पना लामा मोक्तान र दिलकुमारी लामाले आकांक्षा प्रस्तुत गरेका छन् ।

मनोनयन फिर्ता लिन चाहनेले आज दिउँसो ३ बजेसम्म लिन सकिने नगर कमिटी अध्यक्ष पूर्ण थापाले बताए । आकांक्षीहरुलाई विकासको भिजन सहित आउन नगर कमिटीले आग्रह पनि गरेको छ । नगरबाट एक मेयर र उपमेयर सर्वसम्मत चयन गर्ने प्रयास गरिने र सम्भव नभए जिल्ला हुँदै प्रदेश कमिटीले निर्णय गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>