चितवन विशेष

राप्तीको मेयरमा गोविन्दप्रसाद कँडेलको उम्मेदवारी घोषणा

Banner

चितवन, चैत २७-

चितवनको राप्ती नगरपालिकामा एमालेका नेता गोविन्दप्रसाद कँडेलले मेयरको उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा नेताहरुको आकांक्षा बढ्दै गएकोले नेता कँडेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

विसं २०३८ मा नेकपा मानन्धर समूहको अखिल नेपाल किसान संघको जिल्ला कमिटी सदस्यबाट राजनीतिक जीवनको सुरुवात गरेका कँडेलले २०३८ सालमा तत्कालीन पञ्चायतको उपयोग गर्दै जनआन्दोलन मार्फत् बहुदलीय व्यवस्थाको पुनःस्थापनको लागि आधार तयार गर्न विभिन्न मोर्चाहरूको अग्रपंक्तिमा रही काम गरिसकेका छन् । कँडेलले २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भाग लिएका थिए । सोही क्रममा २०४६ साल फागुन ७ गते नारायणगढको प्रदर्शनमा भाग लिँदा आफ्नै सहोदर भाइ बलराम कँडेललाई गुमाउम बाध्य भए ।

एउटा शहिद परिवारबाट राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने पार्टीका नेताहरूको सल्लाहलाई सहजै स्वीकार्दै कँडेल आफू पनि राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्ने रुचि भएका कँडेल निरन्तर रूपमा पार्टी र संगठनमा काम गर्दै आएका छन् । कँडेल अहिले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् चितवन क्षेत्र नं १ प्रदेश ‘क’ का इन्चार्ज हुन् ।

आउँदै गरेको २०७९ साल वैशाख ३० मा स्थानीय निकायको निर्वाचन मिति घोषणा भएको छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ, त्यती नै राप्तीमा मेयर को बन्ला भनेर माहोल तात्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>