अर्थ
सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो
०

काठमाडौँ, चैत २७-
साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























